काठमाडौं । स्थानिय निर्वाचन नजिकैसँग नेपालमा राजनैतिक माहोल निकै रोचक भएको छ । गठबन्धनले गर्दा एमालेलाई रुनु कि हाँस्नु माहोलमा लगेको छ भने केपी शर्मा ओलीलाई चिन्ताले सताएको छ । यसै क्रममा प्रचण्डले अर्को काम गरेका छन् । महानगरपालिकाको उपाध्यक्ष भरत खड्गीको नेतृत्वमा २०० जना युवाहरु र सयपत्री आमा समूहका महिलाहरु नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गरेकाहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ, केन्द्रिय सदस्य नारायण दाहाल र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले स्वागत गरेका हुन् ।
एकपछी अर्कोले साथ छोड्दै गएपछि केपी शर्मा ओलीको राजनैतिक जीवन नै तहसनहस हुने संभावना देखिएको छ । प्रभावशाली नेता, कार्यकर्ता लगायत अन्य निकट पात्रले ओलीको साथ छोड्दै गएपछि पछिल्लो केही दिन यता ओली चिन्तित देखिन्छन् । पाँच दलिय गठबन्धनले स्थानीय निर्वाचनमा ओलीलाई नराम्रो धक्का दिने त्यो निश्चित नै छ ।