• आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस पालुङटार नगर सभापतिमा हरि भट्टराईको उम्मेदवारी

नेपाली कांग्रेस पालुङटार नगर सभापतिमा हरि भट्टराईको उम्मेदवारी

नेपाली कांग्रेस पालुङटार नगर सभापतिमा हरि भट्टराईको उम्मेदवारी

  • 5.6K
    SHARES

  • नेपाली कांग्रेस पालुङटार नगर सभापतिमा हरि भट्टराईको उम्मेदवारी

    गोरखा । नेपाली कांग्रेस पालुङटार नगर समितिको सभापतिका लागि हरि भट्टराईले उम्मेदवारी दिने तयारी गरेका छन्।

    पार्टीको आगामी नगर अधिवेशनलाई लक्षित गर्दै भट्टराईले सभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेका हुन्।

    संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने तथा स्थानीय तहमा कांग्रेसको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित आफू नेतृत्वका लागि अघि बढ्न लागेको भट्टराई निकट स्रोतले जनाएको छ।

    पालुङटार नगरपालिकाका विभिन्न वडा तथा पार्टीका नेता–कार्यकर्तासँग छलफल गर्दै भट्टराईले संगठन सुदृढीकरण, युवाको सहभागिता र स्थानीय जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने धारणा राख्दै आएका छन्।

    नगर समितिको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने तयारीसँगै पालुङटार कांग्रेसभित्र आगामी नेतृत्वबारे राजनीतिक चर्चा पनि सुरु भएको छ।

    भट्टराईले पार्टीभित्रको एकता कायम गर्दै सबै पक्षलाई समेटेर संगठनलाई चलायमान बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताइएको छ।

     

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology