• आइतवार, आश्विन ४ गते २०८३

मुकेश अम्बानीको निवास एन्टिलियामा वरुण चौधरी, पत्नी अनुश्रीसहित गणेश चतुर्थी उत्सवमा सहभागी

मुकेश अम्बानीको निवास एन्टिलियामा वरुण चौधरी, पत्नी अनुश्रीसहित गणेश चतुर्थी उत्सवमा सहभागी

मुकेश अम्बानीको निवास एन्टिलियामा वरुण चौधरी, पत्नी अनुश्रीसहित गणेश चतुर्थी उत्सवमा सहभागी

  • 130
    SHARES

  • मुकेश अम्बानीको निवास एन्टिलियामा वरुण चौधरी, पत्नी अनुश्रीसहित गणेश चतुर्थी उत्सवमा सहभागी

    काठमाडौं । सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी भारतका उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित निवास एन्टिलियामा आयोजित गणेश चतुर्थी उत्सवमा सहभागी भएका छन्। उनीसँगै पत्नी अनुश्री टोंग्या चौधरी पनि कार्यक्रममा सहभागी भएकी थिइन्।

    चौधरीले उत्सवका तस्बिर तथा भिडियो आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। उनले पोस्टमा “Blessed to celebrate Ganesh Chaturthi at Antilia” लेख्दै अम्बानी परिवारको न्यानो स्वागत र आतिथ्यप्रति धन्यवाद व्यक्त गरेका छन्।

    पोस्टको अन्त्यमा उनले “Ganpati Bappa Morya” लेखेका छन्। कार्यक्रमसँग सम्बन्धित तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा समेत शेयर भइरहेका छन्।

    सार्वजनिक सामग्रीमा चौधरी दम्पती परम्परागत पहिरनमा कार्यक्रममा सहभागी भएको देखिन्छ। एन्टिलियामा आयोजित गणेश चतुर्थी समारोहको सजावट, पूजा तथा उत्सवमय वातावरणका दृश्य पनि तस्बिर र भिडियोमा देखिएका छन्।

    वरुण चौधरी सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक हुन्। उनी उद्योगपति विनोद चौधरीका छोरा हुन् र समूहको व्यावसायिक गतिविधि तथा अन्तर्राष्ट्रिय विस्तारमा सक्रिय छन्।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology