काठमाडौँ — स्थानीय निकायको चुनाव नजिकिदै गर्दा मुल नेतृत्वको पार्टिहरुले तालमेल गर्नेगरी विभिन्न सिनारियोहरु बाहिर आउन थालेको छ ।
एक चर्चित अनलाइनसङ अन्तर्वार्ता दिदै एकीकृत नेकपा माओवादीको नेता वर्षमान पुन अनन्तले नेकपा एमालेसङ गठबन्धन हुन सक्ने वताएका थिए । उनले एमाले अध्यक्ष ओलिले आत्मआलोचना गरेमा गठबन्धन हुन सक्ने र गठबन्धनकै लागि एमालेको विभिन्न तहका नेताहरूसङ छलफल भैरहको वताएपछी बजार तातिएको छ ।
राजनीतिमा असम्भव हुने कुरा केही पनि नहुने वताउदै आएका र जुनसुकै परिणाम आफ्नो पोल्टामा पार्न खप्पिस नेता प्रचण्ड पनि यतिबेला ओलिसङ निरन्तर सम्पर्कमा रहेको ओलिनिकट सुत्रहरुको दाबी छ ।
माधवकुमार नेपालले नेतृत्व गरेको पार्टिले जित्न नसकेपनि हराउन सक्ने एमाले नेताहरुको विश्लेषण छ । यस अवस्थामा पाँच दलिय गठबन्धन कुनै पनि हालतमा टुटाउने र यसको सबैभन्दा भरपर्दो पात्र प्रचण्डनै भएको ओलिको ठहर छ ।
ओलिनिकट एक केन्द्रिय सदस्य भन्छन् प्रचण्डलाई सुरुको पहिलो साढे दुई वर्ष प्रधानमन्त्री दिएर भए पनि अहिलेको गठबन्धन भत्काउने र माओवादीसङ गठबन्धन गरि चुनावमा जाने सम्मको विविध विषयमा छलफल भैराखेको छ । त्यि नेताले भने ।