• बिहिवार, कार्तिक २० गते २०८३

प्रचण्डसँग जोड्दै ओलीले भने - म कम्युनिष्ट होइन

प्रचण्डसँग जोड्दै ओलीले भने - म कम्युनिष्ट होइन

प्रचण्डसँग जोड्दै ओलीले भने - म कम्युनिष्ट होइन

  • 4.3K
    SHARES

  • प्रचण्डसँग जोड्दै ओलीले भने - म कम्युनिष्ट होइन

    काठमाडौं  - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कम्युनिस्ट नभएको बताएका छन्।  नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डलाई आफूले सम्झिने गरेको भन्दै उनले भने यदि प्रचण्ड कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन ।

    सोमबार प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसनको कार्यक्रममा ओलीले ओलीले भने, ‘नबुझेर मान्छेले के भनिदिन्छ भने म त वामपन्थी त हुन सक्दिन । के पनि भयो भने वामपन्थी भन्यो भने मान्छेले प्रचण्ड सम्झिन्छ, अनि कसरी हुन्छ ?’

    उनले अघि भने, ‘मैले एक पटक भनेको थिएँ भने यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’

    प्रचण्डको आलोचना गर्दै उनले भनेका छन्, ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ, म शान्तिको पक्षमा हुन्छु । उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडलाई भिडाउन खोज्नुहुन्छ, म शान्ति कायम गरेर मेलमिलाप गरेर अगाडि बढाउनुपर्छ भन्छु ।कसरी हुन्छ ?

    उहाँ यो धर्म र त्यो धर्म भनेर घृणाको खेती गर्न खोज्नुहुन्छ, म त्यो गर्दिनँ । उहाँ वामपन्थी आन्दोलन कमजोर पार्न काम गर्न हुनुहन्छ, म बलियो बनाउन लाग्छु । मैले एकता गराउने काम गरेँ, उहाँ फुटाएर हिड्नुभयो ।’

    सामाजिकपत्र

    • मंगलवार, चैत्र २२ २०७८०३:११:५३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology