• बिहिवार, कार्तिक २० गते २०८३

बादलको भयो मतिभ्रष्ट भने, 'नेपालमा गणतन्त्र एमालेले ल्याएको हो'

बादलको भयो मतिभ्रष्ट भने, 'नेपालमा गणतन्त्र एमालेले ल्याएको हो'

बादलको भयो मतिभ्रष्ट भने, 'नेपालमा गणतन्त्र एमालेले ल्याएको हो'

  • 6.6K
    SHARES

  • बादलको भयो मतिभ्रष्ट भने, 'नेपालमा गणतन्त्र एमालेले ल्याएको हो'

    काठमाडौं । पूर्वमाओवादी नेता राम बहादुर थापा बादल अहिले एमालेमा छन् । उनलाई एमालको उपाध्यक्ष बनाइएको छ । माओवादीका नेताकार्यकर्ताहरु बादलसँग फायर बन्ने गरेका छन् । नेकपा एमाले फुटेर अदालतले माओवादी एमाले पार्टी ब्युताएपछि बादल एमालेमै रोकिएका थिए ।

    पूर्व गृहमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष थापाले जनआन्दोलनको समयमा बयलगाडामा चढेर अमेरिका पुगिँदैन भनेर केपी ओलीले दिएको अभिव्यक्तिको दुस्प्रचार गरिएको आरोप लगाएका छन् । एमालेको राजनीतिक नीति कार्यक्रममा गणतन्त्र रहेको उनले दाबी गरे ।

    प्रेस चौतारी नेपालले सोमवार धादिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा नेता थापाले मदन भण्डारीले जबजको सिद्धान्त प्रतिपादन गर्दादेखि नै एमालेको राजनीतिक कार्यक्रममा गणतन्त्र रहेको बताएका हुन् ।

    ‘हिजो जनयुद्धको क्रममा देश गणतन्त्रमय भइरहेको समयमा बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने नेताको नेतृत्वको पार्टीमा बस्दा गणतन्त्र, संघीयता र समावेशी जनयुद्धको उपलब्धि हो भन्ने लाग्छ कि लाग्दैन रु’ पत्रकारले थापालाई प्रश्न सोधे ।

    जवाफमा थापाले भने, ‘नेकपा एमाले र यसअघिको नेकपाको निष्कर्ष अहिलेको राजनीति उपलब्धि जनआन्दोलन र जनयुद्धको संयोजनबाट प्राप्त उपलब्धि हो,’ थापाले भने, ‘तत्कालीन नेकपा एमालेको राजनीतिक उद्देश्यमा पनि गणतन्त्र थियो । मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तमा पनि थियो । बयलगाडा चढेर गणतन्त्रमा दुष्प्रचार गर्नु गलत कुरा हो ।’

    सामाजिकपत्र

    • सोमवार, चैत्र २१ २०७८११:०१:५४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology