• बिहिवार, कार्तिक २० गते २०८३

खलनायक केपी ओलीको च्याप्टर क्लोज - प्रचण्ड

खलनायक केपी ओलीको च्याप्टर क्लोज - प्रचण्ड

खलनायक केपी ओलीको च्याप्टर क्लोज - प्रचण्ड

  • 2.9K
    SHARES

  • खलनायक केपी ओलीको च्याप्टर क्लोज  - प्रचण्ड

    काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकपनले सकिएको आरोप लगाएका छन् ।

    शुक्रबार काभ्रेका व्यक्तिलाई माओवादीमा प्रवेश गराउँदै उनले भने, ‘सबैको विश्वास जितेर निर्वाचनमा होमिएका थियौँ । निर्वाचनमा गइसकेपछि राजनीतिक स्थायित्व, विकास र समृद्धिको सपनासहित हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कोसिस पनि गर्‍यौंँ । तर, हामीले जे सपना देखेका थियौँ, एकजना व्यक्तिको कारणले, खासगरी केपी ओली खलनायक भइदिएका कारण त्यो सपना पूरा हुन पाएन ।’

    केपी ओलीले संविधान खारेज र उल्ट्याउने प्रयास स्वरुप प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले आउने निर्वाचनमा ओली र एमालेलाई पराजित गर्नुपर्ने बताए ।

    देशको परिवर्तन ल्याउने काम माओवादीले मात्र सक्ने भन्दै उनले यसको पुष्टि गत स्थानीय तहमा माओवादीले जितेको पालिकाको प्रगतिले गरेको बताए । देश संकटमा परेका बेला माओवादीले जोगाएको उनको दाबी छ ।

     

    सामाजिकपत्र

    • शुक्रवार, चैत्र १८ २०७८०५:४६:४९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology