• बिहिवार, कार्तिक २० गते २०८३

काँग्रेसले हेप्न खोजे प्रचण्डले भित्तैमा पुर्‍याउने यस्तो योजना, देउवा परे तनावमा

काँग्रेसले हेप्न खोजे प्रचण्डले भित्तैमा पुर्‍याउने यस्तो योजना, देउवा परे तनावमा

काँग्रेसले हेप्न खोजे प्रचण्डले भित्तैमा पुर्‍याउने यस्तो योजना, देउवा परे तनावमा

  • 2.5K
    SHARES

  • काँग्रेसले हेप्न खोजे प्रचण्डले भित्तैमा पुर्‍याउने यस्तो योजना, देउवा परे तनावमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा तालमेलमा महानगर, उपमहानगर र नगरपालिकाहरुमा सम्मानजनक भागवण्डा हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले आज गठबन्धनको बैठकमा सम्मानजनक स्थानहरु पाउनुपर्ने प्रस्ताव राख्दै विकल्पमा नेकपा एमालेसँग मिल्न सक्ने विषय पनि राखेका छन् ।

    प्रचण्डले गठबन्धनका दलले २०७४ सालमा जितेका स्थानीय निकायमा सोही दललाई नै टिकट दिने र गठबन्धनबाहेकले जितेको स्थानमा भागवण्डाको प्रस्ताव राखेका छन् । महानगर र उपमहानगरहरुमा नेपाली काँग्रेसले बढी सिट दाबी गरेको छ । महानगरमा यसअघि काँग्रेसले २, नेकपा एमालेले २, नेकपा माओवादी केन्द्रले १ र जनता समाजवादी पार्टीले १ सिट जितेका थिए । काँग्रेसले आफूले जितेकोसहित थप २ महानगरपालिकामा दाबी गरेको बुझिएको छ ।

    प्रचण्डले आफ्नो दलको नेताहरु एमाले नेताहरुसँग गठबन्धनबारे छलफलमा लागेको खुलाएका थिए । उनले आफू निकै दबाबमा रहेकाले भविष्यमा एमालेसँग मिल्न वाध्य हुनुपर्ने अवस्था आउनसक्ने समेत बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पुनः तालमेलमा जाने अवस्था आउन सक्नेबारे उनले खुलाएका थिए । आफू पार्टीभित्र दबाबमा परेको भनेका प्रचण्डले अन्य दबाबतर्फ पनि संकेत गरेका छन् ।

    प्रचण्डले बैठकमा माओवादीले खेलेको भूमिका र अप्ठ्याराहरु पार लगाउन जोखिम मोलेको विषय उठाएका थिए । तर, माओवादीलाई स्वीकार्न गाह्रो मान्ने अवस्थाबारे आफू गम्भीर भएको भन्दै काँग्रेसले पेल्न खोजे विकल्पमा जानुपर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए ।

    यसैगरी, गठबन्धनका दलबीच प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल भएको छ । भारत भ्रमणका दौरान संवेदनशील विषयमा सम्झौता नगर्न माओवादी र नेकपा एसका नेताहरुले सुझाएका थिए । यसले चुनावमा असर गर्न सक्ने उनीहरुको भनाई थियो ।

    गठबन्धनका दलबीच अर्थ र गृह प्रशासनका विषयमा प्रश्नहरु उठेका थिए । काँग्रेस नेता रामचन्द्र पौडेल र गगन थापाले अर्थ मन्त्रीको कामकारबाहीबारे असन्तुष्टि व्यक्त गरेका थिए । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि गृहमन्त्रीको कामकारबाहीमा प्रश्न उठाएका थिए ।

    सामाजिकपत्र

    • शुक्रवार, चैत्र १८ २०७८०९:४३:२५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology