• बिहिवार, कार्तिक २० गते २०८३

ओलीले गराएको गोप्य सर्वेक्षण, गठबन्धन रहे एमालेको मुश्किलले आठ सिट नत्र शून्य

ओलीले गराएको गोप्य सर्वेक्षण, गठबन्धन रहे एमालेको मुश्किलले आठ सिट नत्र शून्य

ओलीले गराएको गोप्य सर्वेक्षण, गठबन्धन रहे एमालेको मुश्किलले आठ सिट नत्र शून्य

  • 5.2K
    SHARES

  • ओलीले गराएको गोप्य सर्वेक्षण, गठबन्धन रहे एमालेको मुश्किलले आठ सिट नत्र शून्य

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमालेको अवस्था कस्तो छ भनेर नेताहरूलाई सर्वेक्षण गर्न लगाएका थिए । देशका केही जिल्लामा गरिएको सर्वेक्षणपछि ओली यतिबेला तनावमा छन् । गत चुनावमा एमालेले राम्रो मतान्तरले जितेका केहि जिल्लाको रिपोर्ट पाएपछि ओलीले नयाँ रणनीतिमा बनाउन थालेका छन् ।

    ओली निकट स्रोतका अनुसार नेताहरूले विभिन्न जिल्लामा गरेको सर्वेक्षणमा एमालेका प्रभावशाली नेताहरू पनि सुरक्षित नभएको पाइएको छ । अर्को रणनीति नबनाएको खण्डमा आउँदो चुनावमा चौथो दल बन्नुपर्ने अवस्था आउने आंकलन नेताहरूले गरेका छन् । एमाले अध्यक्ष ओलीको क्रेजको कारण केहि मत थपिएपनि माओवादी र एकीकृत समाजवादीका कारण ठुलो क्षति भैसकेको सर्वेक्षणले देखाएको स्रोतको दाबी छ ।

    सर्वेक्षणपछि ओलीलाई बुझाईएको रिपोर्टमा गठबन्धन कायम रहेको खण्डमा प्रत्यक्षमा पाँच देखि आठ सिट जित्न सकिने बताइएको स्रोत बताउँछ । गठबन्धन भात्काउना सकिएको खण्डमा भने ३५ देखि ४० सिट प्रत्यक्षमा जित्ने बताइएको छ । जसमा पनि एमालेका प्रभावशाली केहि नेताहरूले हार्ने देखाइएको छ ।

    यस्तै समानुपातिकमा भने देशभरबाट २५ देखि ३० लाख भोट आउने आंकलन गरिएको छ । एकीकृत समाजवादीका कारण बढीमा १० लाख समानुपातिक भोट काटिएको आंकलन रिपोर्टमा गरिएको छ । उक्त रिपोर्टमा सबैभन्दा क्षति सुदूरपश्चिममा भएको जनाइएको छ । लुम्बिनी प्रदेशमा भने सबैभन्दा राम्रो अवस्था रहेको बताइएको छ ।

    उक्त रिपोर्ट पाएपछि ओली लगायतका नेताहरू नयाँ रणनीति बनाउन जुटेका छन् । एमालेका केही नेताहरूलाई खटाएर देशैभरको अवस्था बुझ्न लगाएका ओलीले आउँदो संसदीय निर्वाचनमा गठबन्धन कायम रहेको खण्डमा तनावको अवस्था सामना गर्नुपर्ने देखिएपछि देखिने भन्दा नदेखिने तरिकाले रणनीति बनाउन ब्यस्त छन्।

    यसैलाई आधार मानेर एउटा तथ्यलाई भने स्वीकारे र तर अर्को तथ्यबारे बोलेनन् । उक्त रिपोर्टपछिका ओलीका भाषणहरू पनि फितलो हुन थालेका छन् । जिल्ला अधिवेशनहरू उद्घाटन गर्दा पनि उनमा त्यति ‘कन्फिडेन्ट’ देखिएन ।

    उनले नेकपा एमाले एकतिर र पाँच दलीय गठबन्धन अर्कातिर भएकाले राष्ट्रिय सभा निर्वाचन आफूहरु प्रतिकूल हुने बताए । अर्को, गठबन्धनको अन्तिम शक्ति राष्ट्रियसभासम्म हुने भन्दै भत्कने भविष्यवाणी पनि गरे ।

     

    सामाजिकपत्र

    • बिहिवार, चैत्र १७ २०७८०७:१२:१२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology