• बिहिवार, कार्तिक २० गते २०८३

एमालेसँग ब्रेक-अप, सत्तारुढ दलसँग अङ्कमाल

एमालेसँग ब्रेक-अप, सत्तारुढ दलसँग अङ्कमाल

एमालेसँग ब्रेक-अप, सत्तारुढ दलसँग अङ्कमाल

  • 3.6K
    SHARES

  • एमालेसँग ब्रेक-अप, सत्तारुढ दलसँग अङ्कमाल

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुसँग ‘स्थानीय अवस्था र आवश्यकता’ अनुसार तालेमल गर्ने निर्णय गरेको छ । यससँगै प्रमुख विपक्षी नेकपा एमालेसँग तालेमल गर्ने र सत्तारुढ दलहरुसँग देशव्यापी गठबन्धनको दुबै बाटो बन्द भएको नेताहरुले बताएका छन् ।

    शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु चुनावी गठबन्धनको पक्ष र विपक्षमा विभाजित भएका थिए । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरु गठबन्धनको पक्षमा थिए भने डा. शेखर कोइराला पक्षका नेताहरुले एक्लै चुनाव लड्नुपर्ने मत राख्दै आएका थिए ।

    मंगलबार नेताहरुबीच भएको लामो छलफलपछि मध्यमार्गी प्रस्ताव पास भएको छ, ‘स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रकृया अनुरुप कार्य अघि बढाइनेछ ।’

    सामाजिकपत्र

    • बुधवार, चैत्र १६ २०७८१२:१५:४९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology