• बिहिवार, कार्तिक २० गते २०८३

सांसद गंगा थारुको आँसु भोटको लागि तामझाम कि वास्तविक ?

सांसद गंगा थारुको आँसु भोटको लागि तामझाम कि वास्तविक ?

सांसद गंगा थारुको आँसु भोटको लागि तामझाम कि वास्तविक ?

  • 3.6K
    SHARES

  • सांसद गंगा थारुको आँसु भोटको लागि तामझाम कि वास्तविक ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरी रोएको भाइरल भिडियोको वास्तविकता अर्कैै रहेको पाईएको छ । चौधरीको भिडियोको मजाक उठाउनेलाई चौधरीले कडा जवाफ दिएकी हुन् । उक्त भिडियो उनकै आफन्तको रहेको खुलासा भएको छ । फेसबुक, टिकटक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा यतिबेला प्रतिनिधि सभाकी एमाले सांसद गंगा चौधरीको १६ सेकेन्डको एउटा भिडियो क्लिप भाइरल भइरहेको छ । सो भिडियोमा सांसद चौधरीको पृष्ठभूमिमा दुई महिला सावेलले गिटी बालुवा खनिरहेको देखिन्छ ।

    सांसद चौधरीले भिडियोमा एक वाक्य बोलेकी छिन्– ‘दिदीबहिनीहरुको यस्तो अवस्था देख्दा खेरी धेरै भावुक बनाउँछ ।’ भनेर उनी आँसु पुस्छिन् । उनले आँसु पुछेको दृश्य सुरु भएपछि कसैले भिडियो सम्पादन गरेर हाँसो वा मजाकको ‘इफेक्ट’ हालेको छ, जुन भिडियो उनले चुनावका लागि रोएर नाटक गरेको भन्दै भाइरल बनाइएको छ । सामाजिक सञ्जालहरुमा कतिपयले उनलाई चुनाव आउन लागेकोले नाटक गरेको भनेर हँस्सीमजाक गरेका छन् । कतिपयले अभिनय कलामा अब्बल रहेको समेत टिप्पणी गरेका छन् । तर सांसद चौधरीको पछाडिको दृश्यमा देखिएका दुई महिलासँग उनको जीवनका धेरै सुख दुःख र अनेक पीडाहरु गाँसिएका छन् ।

    खासमा उनीहरु अरु कोही अपरिचित महिला नभई एउटै गर्भबाट जन्मिएका दिदी बहिनी हुन् । पार्टीको कामको सिलसिलमा हालै धनगढी पुगेका बेला उनले आफ्नै माइली दिदी र कान्छी बहिनीलाई निर्माण मजदुरको रुपमा काम गर्दै गरेको अवस्थामा भेटिन । दिदी बहिनीलाई कार्यक्रम स्थलमा बोलाएर कुरा गर्न नपाएपछि उनी आफै उनीहरुले गरिरहेको स्थलमा पुगेकी थिइन् । दिदी बहिनीले विगतदेखि हालसम्म जीवनमा पाएका दुःखहरु सम्झेर उनी भावुक भएकी थिइन् ।

    उनीहरुसँग छुट्टिने बेला सेल्फी फोटो खिच्दा भिडियो खिचिएको र असावधानीका कारण टिकटकमा अपलोड हुँदा त्यसलाई बिगारेर आफ्नो मजाक उडाइएको भन्दै उनले गुनासो गरिन् । कुरा गर्ने क्रममा पनि पटक–पटक रोएकी सांसद चौधरीले आफ्ना दिदीबहिनीका दुःखका कुराहरु सुनाइन् । यस्तो छ सांसद चौधरीको भनाई जस्ताको तस्तै ः उनीहरु मेरा आफ्नै दिदी बहिनी हुन् । मेरी जेठी दिदीपनि गाउँमै हुनुहुन्छ ।

    । भिडियोमा देखिएकी एकजना मेरी माइली दिदी फूलकुमारी चौधरी हुन अर्की कान्छी बहिनी हिरादेवी चौधरी हुन् । म साइँली हुँ । उनीहरुका आफ्ना धेरै पीडाहरु छन् । म पार्टीको महिला संगठनको कार्यक्रमका लागि धनगढी पुगेपछि बहिनीलाई फोन गरेँ । बहिनीले हामी काम गरिरहेका छौँ दिदी भनिन् । उनीहरुलाई काम छोडेर आउ भन्दा उनीहरुको कामको ज्याला कट्टी हुन्छ । त्यसैले काम गरेकै ठाउँमा उनीहरुलाई भेट्न गएँ ।

     

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८१०:३८:२५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology