• बिहिवार, कार्तिक २० गते २०८३

कुनै पनि सरकारले उठाउन नसकेको यस्तो मुद्धा देउवा सरकारले उठाएको खुलासा

कुनै पनि सरकारले उठाउन नसकेको यस्तो मुद्धा देउवा सरकारले उठाएको खुलासा

कुनै पनि सरकारले उठाउन नसकेको यस्तो मुद्धा देउवा सरकारले उठाएको खुलासा

  • 3.7K
    SHARES

  • कुनै पनि सरकारले उठाउन नसकेको यस्तो मुद्धा देउवा सरकारले उठाएको खुलासा

    काठमाडौं ः चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा नेपाल–चीन सीमामा देखिएको समस्याबारे छलफल भएको छ। नाकामा चिनियाँ पक्षबाट भइरहेको अवरोध, हुम्लालगायत ठाउँको सीमा विवादलगायत समग्रमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सीमामा देखिएको समस्याबारे चिनियाँ विदेशमन्त्रीको भ्रमणमा कुराकानी भएको बताइन्।

    २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका थिए। चैत १२ गते परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग द्विपक्षीय वार्तामा सीमा समस्याको कुरा उठेको हो।

    कोभिडलाई देखाएर चीनले तातोपानी नाकामा अवरोध गरेको छ। निर्वाधरुपमा आवतजावत हुन सकेको छैन। त्यसैगरी केरुङ नाकामा पनि चिनियाँले कडाई गरेका छन्। अर्कोतिर हुम्लाको सीमा क्षेत्र मिचिएको भन्दै रिपोर्टहरु बाहिर आएका छन्। यीसहित चीनसँग जोडिएका अन्य सीमाबारे पनि छलफल गर्न संयुक्त बैठक गर्ने सहमति द्विपक्षीय वार्तामा क्रममा भएको थियो।

    ‘चिनियाँ भ्रमणमा तातोपानी नाका खोल्ने कुरा द्विपक्षीय वार्तामा आएको छ। नाका सुचारू गराउने कुरा हो,’ प्रवक्ता लम्सालले भनिन्, ‘कोभिडले नाकामा अवरोध भयो। चिनियाँ समकक्षीले सहज बनाउने कुरा भयो। छिमेकी सम्बन्ध सहज बनाउने कुरा भयो।’

    लम्सालले चिनियाँ प्रतिनिधिमण्डलसँग सीमा समस्याबारे छलफल भएको उल्लेख गर्दै भनिन्न, ‘सीमाको छलफल भएको हो। उपयुक्त समयमा नेपाल–चीन सीमा बैठक बस्छ। हुम्लामात्र होइन ओभरअलमा नै सीमा समस्याबारे कुरा हुन्छ।’ नेपाल–चीन सीमा बैठक नबसेको लामै समय वितिसकेको छ।

    उनले बीआरआईमा तयारी नपुगेकाले एमओयू हुन नसकेको बताइन्। ‘बीआरआईमा हस्ताक्षर गरिसकेकाले हामी सदस्य हो। अहिलेको भिजिटमा पर्याप्त तयारी भएन। सम्झौता गर्नेगरी द्विपक्षीय रूपमा तयारी हुन सकेन। तयारी नपुगेको हो। तर हामी पन्छिने भन्ने होइन। यसपालि नै सम्झौता हुन सकेन,’ उनले भनिन्।

    उनले चीनसँग नेपाली विधार्धीको कुरा पनि उठेको बताइन्। ‘हाम्रो प्राथमिकतामै थियो। छलफल भयो। यसलाई छिटोभन्दा छिटो सहजीकरण गर्ने कुरा भएको छ,’ उनले भनिन्।

    चिनियाँ विदेशमन्त्रीको भ्रमणले कोभिडको कारणले आवतजावत कम भएको बेला कुटनीतिक भ्रमण रिक्ततालाई हटाउने काम गरेको उनको भनाइ छ। ‘९ वटा वार्ता भइसकेको छ। वार्ता असाध्यै महत्त्वपूर्ण थियो। भ्रमणलाई विभिन्न आयाम पारस्परिक हितलाई केन्द्रीत राखेर भयो। उच्च प्राथमिकता र महत्व दिएका छौं। द्विपक्षीय सम्बन्धका कुरा, कृषि पर्यटनलगायत विषयमा बहुआयामिक कुराकानी भयो,’ उनले भनिन्।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०८:११:४५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology