• बिहिवार, कार्तिक २० गते २०८३

काँग्रेस गठबन्धनमा जाने नजाने आज टुंगो लगाउन बैठक बस्दै

काँग्रेस गठबन्धनमा जाने नजाने आज टुंगो लगाउन बैठक बस्दै

काँग्रेस गठबन्धनमा जाने नजाने आज टुंगो लगाउन बैठक बस्दै

  • 4.2K
    SHARES

  • काँग्रेस गठबन्धनमा जाने नजाने आज टुंगो लगाउन बैठक बस्दै

    काठमाडौं। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने/ नगर्ने भन्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ।

    गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्ने/नगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन्। केन्द्रीय कार्यसमितिको बैठक दिउँसो ३ बजे बस्दैछ।

    शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस जारी छ। जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल गर्नुपर्ने र निर्वाचनमा एक्लै जानुपर्र्ने सम्बन्धमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त गरे।

    बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो धारणा व्यक्त गर्ने क्रम सम्पन्न भएको छ। बैठकमा चुनावी तालमेलका साथै निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, निर्वाचनको तयारीका लागि पार्टीले सञ्चालन गरिरहेको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षालगायत विषयमा छलफल भएको थियो।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०८:१९:५०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology