• बिहिवार, कार्तिक २० गते २०८३

बाबुराम भट्टराई र उपेन्द्र यादवबीच पानी बाराबारको स्थिति, के जसपा फुट्दै छ ?

बाबुराम भट्टराई र उपेन्द्र यादवबीच पानी बाराबारको स्थिति, के जसपा फुट्दै छ ?

बाबुराम भट्टराई र उपेन्द्र यादवबीच पानी बाराबारको स्थिति, के जसपा फुट्दै छ ?

  • 6.6K
    SHARES

  • बाबुराम भट्टराई र उपेन्द्र यादवबीच पानी बाराबारको स्थिति, के जसपा फुट्दै छ ?

    काठमाण्डौ - जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच पानी बाराबारको स्थिति देखिएको छ। विभाजन भएको ६ महिनामै जनता समाजवादी पार्टी (जसपा) का दुई नेताको को मतभेदले पार्टीमा स्पष्ट रूपमा दुई गुट देखिएको छ। 

    भट्टराई पक्षधर नेताले उपेन्द्र यादबलाई लाई कार्यकारी अधिकार सहित कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्।

    जसपाबाट अलग भई महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० गठन गरेपछि जसपामा कार्यकारिणी अध्यक्षको एक पद खाली छ। ठाकुरले पार्टी छाडेपछि रिक्त सो पदमा भट्टराईलाई ल्याउनुपर्ने उनी पक्षधर नेताहरूको माग छ। जसपा विधानमा दुईजना कार्यकारिणी अध्यक्ष हुने व्यवस्था छ। यादव पक्षधर नेताले भने जसपालाई एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन्।

    सबै कार्यकारी अधिकार यादवसँग रहेकाले भट्टराई पक्षधर नेताहरू असन्तुष्ट भएका हुन्। पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्दा कार्यकारिणी अध्यक्ष यादवले एकलौटी निर्णय गरेको भट्टराई पक्षधर नेताहरूको आरोप छ।

    अध्यक्ष यादवले एकता प्रक्रियाबाट पार्टीका नेताहरु महिन्द्र राय यादव र राजकिशोर यादवलगायतका नेतालाई पनि वेवास्ता गर्दै आएका छन् । उनीहरुले जसपा विभाजनमा समेत ठाकुर-महतोालाई साथ नदिएर यादवलाई साथ दिएका थिए । तर, पछिल्लो क्रियाकलापका कारण उनीहरु पनि यादवसँग सन्तुष्ट हुन सकेका छैनन्।

    पार्टि फुट्न सक्छ ?

    पार्टीभित्र देखा परेका विवाद समाधानका लागि भन्दै भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफल भइरहेको छ। उनीहरुले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन माग गरिरहेका छन् । माघको पहिलो हप्ता भित्र वैठक नवोलाए, विधानअनुसार २५ प्रतिशत केन्द्रीय कार्यकारिणी समिति सदस्यले कारणसहित खुलाएर बैठक माग गर्ने नेताहरुको तयारी छ। उक्त बैठकले जुनसुकै निर्णय गर्न सक्ने उनीहरु वताउँछन् ।

    पछिल्लो समयमा जसपामा तीन अध्यक्ष बनाउने माग पनि जोडदार रुपमा अघि आएको छ। राष्ट्रिय चरित्रको समावेशी पार्टी बनाउन पनि तीन अध्यक्ष बनाएर जानुपर्ने प्रस्ताव गरिएको एक नेता वताउँछन् । यो यादव, भट्टराई र राई तीनै जनालाई अध्यक्ष बनाउने प्रस्ताव हो।

    संघीयता र पहिचानको मुद्दामा एमालेको आधिकारिक धारणाप्रति असन्तुष्टि जनाउँदै २०६९ मा अशोक राईले एमाले पार्टी परित्याग गरेर संघीय समाजवादी पार्टी बनाएका थिए । ०७० सालको भएको दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमसँग एकता गरे।

    २०७६ वैशाख २३ गते संघीय समाजवादीसँग नयाँ शक्ति पार्टी नेपालको एकता भयो, पार्टीको नाम राखियो, ‘समाजवादी पार्टी नेपाल’। यादव अध्यक्ष र भट्टराई संघीय परिषद् अध्यक्ष बन्दा राई वरिष्ठ नेतामा बसेका थिए।

    सामाजिकपत्र

    • सोमवार, माघ ३ २०७८०२:३८:५७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology