• मंगलवार, श्रावण २६ गते २०८३

महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन शशांकको पत्र

महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन शशांकको पत्र

महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन शशांकको पत्र

  • 110
    SHARES

  • महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन  शशांकको पत्र

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्राचार गरेको छ ।

    इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेका हुन् ।

    ‘पत्रमा पार्टीको आगामी १५ औं महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्काल स्थगित गरियोस्,’ पत्रमा भनिएको छ, ‘अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्णरुपमा यथास्थितिमा राखियोस् ।’

    सर्वोच्चको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म सम्पूर्ण सांगठनिक संरचनाहरूलाई साविककै अवस्थाम ाराख्दै अदालतको गरिमा र कानुनी प्रक्रियालाई पूर्ण रुपमा सहयोग र सम्मान गर्न पनि पत्रमार्फत आग्रह गरिएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology