• बिहिवार, कार्तिक २० गते २०८३

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच के-के विषयमा भयो कुराकानी ?

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच के-के विषयमा भयो कुराकानी ?

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच के-के विषयमा भयो कुराकानी ?

  • 2.6K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच के-के विषयमा भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ ।

    प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज भएको भेटवार्तामा उनीहरुबीच सरकारको मूल नीति कार्यक्रम र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । “उहाँहरुबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा विहङ्गम छलफल भयो”, उनले भने ।

    दाहाल नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णयका बारेमासमेत उनीहरुबीच छलफल भएको मल्लले जानकारी दिए । “सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको निर्णयलाई कार्यान्वयन तहमा लैजाने विषयमा कुराकानी भयो”, उनले भने।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुबीच थप छलफल हुने स्वकीय सचिव मल्लले जानकारी दिए । सो बैठकमा सत्ता साझेदार दलहरुको शीर्ष नेता सहभागी हुने उनको भनाइ छ । सरकार विस्तार, प्रदेश सरकारको बाँडफाँडका बारेमा आजको बैठकमा अनौपचारिक छलफल भए पनि त्यसले भोलि औपचारिकता पाउने उनले जानकारी दिए ।

    प्रधानमन्त्री दाहालले आजै पूर्वप्रधानमन्त्री माधकुमार नेपालसँग पनि परामर्श गरेको जानकारी दिँदै उनले सो क्रममा सरकारलाई समर्थन र सहभागिताका लागि आग्रह गर्नुभएको जानकारी दिए ।


    सामाजिकपत्र

    • बुधवार, पौष १३ २०७९०३:१०:३०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology