• बिहिवार, कार्तिक २० गते २०८३

आरआर क्याम्पसमा खुकुरी हानेको आरोपमा ४ जना पक्राउ

आरआर क्याम्पसमा खुकुरी हानेको आरोपमा ४ जना पक्राउ

आरआर क्याम्पसमा खुकुरी हानेको आरोपमा ४ जना पक्राउ

  • 2.4K
    SHARES

  • आरआर क्याम्पसमा खुकुरी हानेको आरोपमा ४ जना पक्राउ

    काठमाडौँ- प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् ।

    क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् ।

    खुकुरी प्रहार गरेको आरोपमा  ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा कृष्ण गिरि,  झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन्। 

    सामाजिकपत्र

    • बुधवार, पौष १३ २०७९११:४०:१७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology