काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट गोरखा जिल्लाका ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नौ जनाको नाम घोषणा गरेका हुन् ।
नारायण काजि श्रेष्ठ, हितराज पाण्डे, हरिराज अधिकारी, चुडामणि खड्का, अमर गुरुङ, लेखनाथ न्यौपाने, शुशिला सिम्खडा, पार्वती थापा र पम्फा बसेल गरि गोरखाबाट नौ जना केन्द्रिय सदस्या निर्वाचित भएका हुन ।