• बिहिवार, कार्तिक २० गते २०८३

ट्रक दुर्घटनाका मृतक तीन जनाको सनाखत

ट्रक दुर्घटनाका मृतक तीन जनाको सनाखत

ट्रक दुर्घटनाका मृतक तीन जनाको सनाखत

  • 2.8K
    SHARES

  • ट्रक दुर्घटनाका मृतक तीन जनाको सनाखत

    गैंडाकोट नगरपालिका अन्तर्गत कालीगण्डकी कोरिडोरमा भएको ट्रक दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १७ हटिया बस्ने वर्ष ४५को सुरेश भुजेल, सोही ठाउँका वर्ष ३५ का बलराम श्रेष्ठ र पर्सा ठोरी गौतमनगर बस्ने वर्ष ५० का भीमबहादुर तामाङको रहेका छन् । भुजेल चालक हुन् । 

    बुधबार बिहान गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी कोरिडोरको भोक्रेफाँट स्थानको सेतो पहराबाट ना ३ ख ५३३९ नम्बरको ट्रक करिब २ सय मिटर तल खसेको हो ।

    लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कंदै गर्दा दुर्घटना भएको हो ।

     

    सामाजिकपत्र

    • बुधवार, पौष ८ २०७७११:२३:१९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology