बिहिवार, कार्तिक २० गते २०८३
एजेन्सी। भारतले चन्द्रयान–३ को सफलतापछि आदित्य एल–१ नामक सूर्यको अध्ययन गर्ने अन्तरिक्षयान आगामी शनिबार प्रक्षेपण गर्ने भएको छ।
भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले आन्द्रप्रदेशस्थित श्रीहरिकोटा अन्तरीक्ष केन्द्रबाटबाट शनिबार बिहान ११.५० बजे यान प्रक्षेपण गरिने छ।
इसरोका अनुसार सूर्यको अध्ययन गर्ने भारतको यो पहिलो यान हुनेछ। यो यानले सौर्य गतिविधि अवलोकन गर्ने र अन्तरिक्ष मौसमको विषयमा अध्ययन गर्ने बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आदित्य अन्तरिक्ष यानले फोटोस्फियर, क्रोमोस्फियर र सूर्यको सबैभन्दा बाहिरी तहको अध्ययन गर्ने सात पेलोडहरू बोक्ने छ।
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology