• बिहिवार, कार्तिक २० गते २०८३

काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा

काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा

काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा

  • 8.2K
    SHARES

  • काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा

    काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँ छुट्याइएको महानगरपालिकाले जनाएको छ ।

    सङ्घीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले दिने गरेको रकममा शतप्रतिशत रकम थप गरी महानगरले कक्षा १० सम्मकै विद्यार्थीका लागि रकम छुट्याएको छ।

    काठमाण्डौ महानगरले यही महिनादेखि नै कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ।

    सामाजिकपत्र

    • शनिवार, भाद्र २ २०८००९:४२:१२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology