• बिहिवार, कार्तिक २० गते २०८३

जसले श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए

जसले श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए

जसले श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए

  • 1.8K
    SHARES

  • जसले श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए

    मेक्सिको । मेक्सिकोमा ३२ वर्षीय एक पुरुषले अमानवीयताको सबै हद पार गरेका छन् ।

    उनले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको दिमागलाई टाैकोसमा मिलाएर खाए, यसपछि खोपडीलाई एशट्रे बनाएर प्रयाेग गरे ।

    द मिररकाे रिपोर्ट अनुसार आरोपी व्यक्तिलाई गत जुलाई २ मा पुएब्लोमा उनको घरबाट पक्राउ गरिएको थियो। उनलाई मिडियाले नरभक्षीको संज्ञा दिएका छन् ।

    हत्यारा अल्भारो पेसाले निर्माण व्यवसायी हुन् । उनले गत वर्ष मारिया मोन्टसेराटसँग विवाह गरेका थिए । मारिया पहिले नै विवाहित थिए। उनका पाँच छोरी छन् । जेठी छोरी २३ वर्ष र कान्छी १२ वर्षकी छिन् । अल्भारोले २९ जुनमा आफ्नी श्रीमतीको हत्या गरेका थिए । सान्ता मुर्टे (आवर लेडी अफ होली डेथ) र शैतानले उनलाई आफ्नी श्रीमतीलाई मार्ने आदेश दिएको आरोपितले पुलिसलाई बताएका छन् ।

    आरोपितले आफ्नी श्रीमतीको मस्तिष्कको भाग खाएको र उनको खप्परलाई एशट्रेको रूपमा प्रयोग गरेको स्वीकार गरेका छन्। उनका अनुसार हत्या पछि पीडितको शव टुक्रा-टुक्रा पारेर प्लाष्टिकको झोलामा हालेका थिए ।

    हत्या भएको दुई दिनपछि अभियुक्तले आफ्नी सौतेनी छोरीलाई आफ्नो अपराध स्वीकादै बोलाएका थिए । पीडितकी छाेरी मारिया एलिसिया मोन्टील ​​सेरानले बताइन् कि, उसले आफ्नी एक छोरीलाई आफ्नी आमालाई लिएर जान भनेका थिए, ‘मैले तिम्री आमाकाे हत्या गरी झोलामा राखेको छु, अाएर लैजाउ ।’

    अल्भारोले आफ्नी छोरीको शरीरलाई चक्कु, छेनी र हथौडाले अाक्रमण गरेकाे सेरानले बताइन । यसअघि उनले लागूऔषध सेवन गरेका थिए । ती अपराधी प्रति छोरीहरूलाई शारीरिक तथा यौन दुव्र्यवहार गरेको आरोप पनि लगाइएकाे छ । यसैबीच प्रहरीले अनुसन्धानका क्रममा उनको घरमा कालो जादूको वेदी पनि फेला पारेको छ ।

     

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २८ २०८०१०:३७:५८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology