मन्त्रीहरु हेरफेर हुदै , ८ जनाले विदा पाउदै !

२८ कार्तिक ,काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।

मन्त्रीमण्डल हेरफेर गर्ने बिषयमा आज बिहीबार करिव डेढघण्टा लामो दुई अध्यक्षबीच छलफल भएको छ । सअघि ओलीले मन्त्रीमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

बालुवाटार उच्च श्रोतका अनुसार मन्त्रीमण्डल हेरफेर हुने र करिव ८ जना मन्त्रीहरुले विदा पाउनेछन् । त्यस स्थानमा नयाँ नेताहरुलाई मौका दिईने छ ।

कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने र कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन गर्ने तयारी समेत प्रधानमन्त्री ओलीले गरेका गरेका छन् ।

मन्त्रीमण्डल हेरफेर गर्ने बिषयमा छलफल गर्न भोलि शुक्रबार ९ बजे नेकपाले सचिवालय बैठक बोलाइएको छ । सो बैठकले नयाँ मन्त्रीको नियुक्तिबारे निर्णय लिने छ ।