सांसद आचार्यले २४ योजनाका लागि वजेट वितरण गरे (हेरौ कहाँ-कहाँ पर्यो )

२८ कार्तिक ,गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश (क) बाट निर्वाचित साँसद हरिशरण आचार्यले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बिनियोजन गरेका छन् ।

आचार्यले कुल २४ योजनाका लागि वजेट वितरण गरेका छन् । उनले पालुङटार नगरपालिकाभित्र सबै भन्दा धेरै बजेट पाउरोटीभण्डार सामाचौर चापाभञ्ज्याङ कार्कीगाउँ अमले सडकका लागि पच्चीस लाख छुट्टाएका छन् ।

त्यस्तै आचार्यले सुवानेखोला, कुरैचौर, बज्रेखोला टारीखेत बुधेगैरा सडकका लागि पन्द्र लाख, वडा नम्वर ५ को बौद्ध हिमाल युवा क्लवको भवन निर्माणका लागि दश लाखको बजेट बिनियोजन गरेका छन्।

त्यस्तै भवानी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि नौ लाख र चापाभञ्ज्याङ सामुदायिक भवन निर्माणका लागि दश लाख रुपैया छुट्याइएको छ ।
साथै फेदी खाल्टे डाँडागाऊँ सडक स्तरोन्नतीका लागि दश लाख, आँपपिपल भञ्ज्याङको नेवार गुठी समाज अधुरो भवन निर्माणका लागि पांच लाख छुट्याइएको छ ।

गोरखा नगरपालिका अन्तर्गत तेह्र किलो सिर्दिखोला गोरखा नगरपालिका गेट कृषि सडकका लागि पच्चीस लाख, रानीवन पँदेलछाप पार्क निर्माणका लागि दश लाख लगायतका शिर्षकमा बजेट बाडफाड गरीएको छ।