पालुङ्टार हुदै दुधपोखरी जाने मोटर बाटो स्तरोन्नतिको लागि १२ करोड बिनियोजन

२५  कार्तिक, गोरखा । गोरखाको पालुङटार हवाई ग्राउन्ड हुदै  दुधपोखरी जोड्ने मोटर बाटोको स्तरोन्नति गर्न १२ करोड बजेट बिनियोजन गरिएको छ ।

पालुङटार हवाई ग्राउन्ड , तामाङ बस्ति ,गरमबेसि हुँदै लम्जुङ्गको दुधपोखरी जोड्ने मार्गलाई स्तरोन्नति गर्दै कालोपत्रे गर्नको लागि यो बजेट बिनियोजन गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) को विषेश पहलमा गण्डकी प्रदेश सरकारले यो बजेट बिनियोजन गरेको र टेन्डर प्रक्रिया अधि  बढाईएको स्रोतले बताएको छ ।

गएको प्रतिनिधि सभाको निर्वाचनमा गोरखा-२ बाट उमेदवार बनेका नेता श्रेष्ठले त्यति बेला नै यो बाटोको स्तरोन्नति गरि कालोपत्रे गर्नको लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा धेरै नै देखिने नेता श्रेष्ठले चुनाबमा गरेका बाचा पुरा गर्ने गरि काम अगाडी बढाउदै गएको पाईन्छ ।

केही महिना पहिले मात्र सस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेता श्रेष्ठको पटक-पटकको छलफलपछि पालुङ्टारको एयरपोर्ट संचालनमा ल्याउने सहमति भएको थियो ।