लिपुलेक भारतीय नक्सामा देखाएको भन्दै नेकपा निकटका भातृ संगठनले बुझाए ज्ञापन पत्र

२१ कार्तिक ,गोरखा । सत्तारुण दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले भारतले लिम्पियाधुरा देखि लिपुलेक सम्मको अतिक्रमित विशाल नेपाली भुमीलाई समेटेर आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको छ ।

नेकपा निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल गोरखा र अनेरास्ववियु आज प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको कार्यकक्षमा संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै आपत्ति जनाएका हुन् ।

कालापानी र सुस्ताको सिमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिव स्तरिय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फि रुपमा नक्सा सार्वजनिक गरेको भन्दै सम्बन्धित निकाय सम्म आफुहरुको पत्र बुझाईदिन प्र.जि.अ लाई आग्रह गरेका छन् ।

नाकावन्दिले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिदै गएको बेला विस्तारवादी भारतले नेपाललाई फेरी पनि झस्काएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले उक्त संगठनशरुलाई धन्यवाद प्रकट दिदै आफुले चाडै नै सो ज्ञापन पत्रलाई सम्बन्घित ठाउ सम्म पुर्याउने जानकारी दिए ।

यदी विस्तारवादी भारतले आफुहरुकोे भुमी नछाडे राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु त्यसको प्रतिक्रियामा उत्रिन तयार रहेको विज्ञप्ती उल्लेख गरिएको छ ।