गोरखाबाट नै एकताको थालनी गर्नु पर्छ : मन्त्री बस्नेत

गोरखा ८ असोज । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतले एकताबाट मात्र मुलुकको बिकास र परिवर्तन सम्भव भएको बताउनु भएको छ ।

दोस्रो दशै सस्तो बजार मेला २०७६ को आज गोरखा सदरमुकाममा उदघाटन गर्नुहुदै मन्त्री बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले मुलकको आर्थिक भौतिक तथा सामाजिक बिकासका लागि गोरखाबाट नै एकता थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।

‘जसरी पृथ्वीनारायण शाहले एकता कायम गरि गोरखाबाट सिगो नेपाल एकिकरणको शुरुवात गर्नुभयो, त्यसरी नै अब गोरखालीहरुबाट सिंगो देशको बिकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको छ ।

’ उहाँले भन्नुभयो । मन्त्री बस्नेतले उपभोक्ताको दृष्टिमा हेर्दा दशै सस्तो बजार मेला सकारात्मक भएको भन्दै यसले उपभोक्ता र व्यापारीहरु बिचको खाडल पुर्न मद्दत गर्ने दावी गर्नुभयो ।

मेला आयोजनाका सम्बन्धमा जिल्ला भित्र रहेको बिबादलाई व्यङग गर्दै मन्त्री बस्नेतले गोरखालीहरुमा एउटाले राम्रो काम गर्दा अर्काले खुट्टा तान्ने प्रबृति पुरानै रहेको बताउनुभयो ।

‘एउटाले केही गर्न लागे अर्कोले बिरोध गर्नै पर्ने गोरखाको त्यो पुरानो संस्कार नै हो, मन्त्री बस्नेतले भन्नुभयो, अब त्यो संस्कार त्यागेर अघि बढन् सक्नुपर्छ ।

अहिले सत्ता परिवर्तन भएपनि अझैपनि सोचमा परिवर्तन आउन नसकेको भन्दै उहाँले बिकास र सम्बृद्धिका लागि अब सोचमा परिवर्तन गर्नुपर्ने बेला आएको बताउनुभयो । \

सरकारले गरेका सवै कामलाई नराम्रो देख्ने र गलत प्रचार गर्ने बानीले कसैलाई फाईदा नपुग्ने उहाँको भनाई छ । ‘बिकास छिटो होस भन्ने चाहाना सवैको रहेको हुन्छ, मन्त्री बस्नेतले भन्नुभयो, ‘संघियता पछि जनतो ठूलो आशा र अपेक्षा गरिरहेका छन्, तर गाई जन्मने बित्तिकै बाच्छाले दुध खान दौडन सक्ने जस्तो गरि बिकास सम्भव हुदैन ।’

उहाँले संघियता पछि बिकासले बिस्तारै गति लिएको भन्दै केही कानुनी प्रक्रिया र जटिलताका कारण पनि कतिपय बिकास निर्माणका काम सोचे अनुसार अघि बढन् नसकेको उहाँको भनाई छ ।

मन्त्री बस्नेतले अबको एक बर्ष भित्रमा गोरखाको नारेश्वर– निबेल सडकखण्ड, खाब्दी धैरुङ सडक खण्ड, बाह्रकिलो चोरकाटे सडकखण्ड कालोपत्रे सम्पन्न गर्ने गरि काम अधि बढाईसकेको जानकारी दिनुभयो ।

‘खाली सरकारको खिल्ल्डी उडाउने र भ्रम छर्ने काममात्र बढि भएको छ मन्त्री बस्नेतले भन्नुभयो, केही कमीकमजोरीलाई सुर्धान कुरामा सरकार जहिले प्रतिबद्ध छ ।

’मन्त्री बस्नेतले प्रदेश सरकारले प्रदेश भित्रका ३६ ओटै निर्वाचन क्षेत्रमा एउटा÷एउटा मुख्य सडक निर्माणको गर्ने, सबै गाउँपालिकाको केन्द्रमा पक्की सडकबाटो पु¥याउने गरि काम अघि बढाएको समेत जानकारी दिनुभयो ।