सागमा नेपाललाई एकैदिन १५ स्वर्ण (हेर्नुस सुची)

काठमाडौँ, १७ मंसिर । १३ औं साग प्रतियोगितामा आयोजक नेपालले सोमबार एकै दिन १५ वटा स्वर्ण पदक हात पारेको छ। नेपालले सोमबार तेक्वान्दोमा सातवटा स्वर्ण हातपार्दा एक रजत र एक कास्य पदक जित्यो।

यस्तै कराँतेमा नेपालले सातैवटा स्वर्ण हात पार्दा दुई रजत पदक हात पार्यो। ट्राइथ्लन प्रतियोगितामा भने सोनी गुरुङले नेपालका लागि स्वर्ण जितिन्।

नेपालले जितेको स्वर्ण:

तेक्वान्दोः

-पुरुष एकल पुम्से (२३-२९ वर्ष): कमल श्रेष्ठ

-महिला एकल पुम्से (१७-२३ वर्ष): सिना मादेन लिम्बु

-महिला पुम्से (२३–२९ वर्ष): पार्वती गुरुङ

-महिला एकल पुम्से (२९ वर्षमाथि): आयशा शाक्य

-पुम्से जोडीः आयशा शाक्य र सञ्जिव कुमार ओझा

-महिला पुम्से टिम: निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिना (१७ देखि २३ वर्षसम्मको समूह)

-महिला पुम्से टिम: निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (२३ देखि २९ वर्षसम्मको समूह)

कराँतेः

-एकल काताः मन्डेकाजी श्रेष्ठ

-महिला टिम काता

-पुरुष टिम काता

-पुरुष कुमुते ५५ केजीः लक्ष्मण तामाङ

-पुरुष कुमुते ८४ केजीमाथिः विप्लवलाल श्रेष्ठ

-महिला कुमुते ४५ केजीमाथिः कुशुम खड्का

-कुमुते महिला ५० केजीमुनि: अनु अधिकारी

ट्रायथ्लनः

-ट्राइथ्लन महिलाः सोनी गुरुङ