मेस्सी फर्किएको खेलमा अर्जेन्टिनाको जित !! , मेस्सी र जिजुसको पेनाल्टी मिस

मैत्रीपूर्ण खेल अर्जेन्टिना विरुद्ध ब्राजिलको खेल साउदी अरेबियाको किंग साउद युनिभर्सिटी स्टेडियममा भएको थियो । मैत्रीपूर्ण खेल भएता पनि बालियो प्रतिद्वन्दी रहेको हुदा खेल निकै रोमान्चक थियो ।

झन्डै ३ महिना पश्चात राष्ट्रिय टिममा फर्किएका मेस्सीका निम्ति समेत यस खेल निकै महत्वपूर्ण रहेको थियो ।

खेलको पहिलो हाफको १३ औ मिनेटमा नै अर्जेन्टिनाले मेस्सीको सहायतामा अग्रता लिन सफल भएको थियो । मेस्सीले पाएको पेनाल्टीमा मेस्सी पहिलो प्रहारमा चुकेका थिए भने ब्राजिलका एलिसनले रोकेको बल फर्किदा मेस्सी गोल गर्न सफल बनेका थिए ।

यस अगाबै ब्राजिलले पहिलो १० औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । जिसुसले पुन च्याम्पियन लिग एटलान्टासंग पश्चात पुन पेनाल्टी मिस्स गरेका हुन् । १० औ मिनेटमा गोल गर्ने सुनौलो मौका ब्राजिलले गुमाएको हो ।

दोश्रो हाफमा भने कुनै गोल हुन् सकेन र अर्जेन्टिना मेस्सीको गोलमा जित निकाल्न सफल बन्यो । ब्राजिलले विभिन्न गोल प्रयासलाई सफल पार्न सकेन भने ब्राजिलका गोल रक्षकले सर्वाधिक बचाऊ गरेका थिए ।

मेस्सीले यस गोलसंगै अन्तर्राष्ट्रिय गोल संख्या ५९ पुर्याएका छन् ।