बेन्जेमा चम्कदा रियालको सहज जित !

२४ कार्तिक ,काठमाडौँ । फ्रेन्च फरवार्ड करिम बेन्जेमा चमकदा रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ ।

रियालले इवरमाथि उसकै मैदानमा ४–० को फराकिलो जित निकालेको हो । रियालको प्रभावशाली जितमा बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोस र फेडरिको भालभेर्डेले गोल गरे ।

१७औं मिनेटमा भालभेर्डेको पासमा बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाए । २०औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे ।
२९औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियाललाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाए । दुई गोल गरेका बेन्जेमाले गेरीका लिजेण्ड फरवार्ड फरेन्क पुस्कसलाई पछि पार्दै रियालको लागि सर्वाधिक गोल गर्ने छैटौ खेलाडी बने ।

६१औं मिनेटमा लुका मोड्रिचको पासमा भालभेर्डेले गोल गर्दै रियाललाई ४–० को सहज जित दिलाए । जितसँगै रियाल १२ अ‍ेलबाट २५ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।