बार्सिलोनाको प्रभावशाली जित, मेस्सीको ह्याट्रिक

२४ कार्तिक,काठमाडौँ ।बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा डि भिगोमाथि प्रभावशाली जित जित हात पारेको छ ।

बार्सिलोनाले सेल्टा डि भिगोमाथि ४–१ को प्रभावशाली जित हात पारेको हो । खेलमा कप्तान लियोनेल मेस्सीको ह्याट्रिक गरेका छन् ।

खेलको २३औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा अघि बढाए । जुनियर फिर्पाेले क्रस गरेको बललाई जासेफ आइडोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा मेस्सी चुकेनन् ।

४२औं मिनेटमा ओलाजाले पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकमा सुन्दर गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर, पहिलो हाफमो इन्ज्युरी समयमा मेस्सीले फ्रिकिकमा सुन्दर गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको शुरुमै ४८औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दा बार्सिलोनाले खेलमा ३–१ को अग्रता लिन सफल भयो । मेस्सीले तेस्रो गोल पनि फ्रिकिकमै गर्न सफल भएको थिए ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रहेका सर्जियो बुस्केटले गोल गर्दै बार्सिलोनालाई ४–१ को फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोना १२ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा छ । समान २५ अंक रहेपनि रियाल म्याड्रिड गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित सेल्टा ९ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।