पीएसजीको महत्वपुर्ण जित !

२४ कार्तिक,काठमाडौँ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि २–१ को महत्वपुर्ण जित निकालेको छ ।

बराबरीतर्फ धकेलिएको खेलमा इकार्डीले खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गरेपछि पीएसजी विजयी हुन सफल भएको हो । चोटका कारण स्टार फरवार्ड नेयमार र केलियन एमबाप्पे उपलब्ध थिएनन् ।

जितसँगै शीर्षस्थानमा यथावत रहेको पीएसजीले १३ खेलबाट ३० अंक जोडेको छ । जुन दोस्रो स्थानको रेन्जर्सभन्दा ९ अंक बढी हो । पराजित ब्रेस्ट १७ अंकसहित १०औं स्थानमा छ ।

पीएसजीले घरेलु टोलीविरुद्ध खेलको ३९औं मिनेटमा अग्रता बनाएको थियो । जुलियन ड्राक्सलरको पासमा एन्जल डि मारियाले गोल गरेका थिए । ७२औं मिनेटमा सामुइल ग्रान्डशिरले बराबरी गोल फर्काए ।

८०औं मिनेटमा मैदान छिरेका इकाडीले ८५औं मिनेटमा इरिक मोटिङको क्रसमा गोल गर्दै पीएसजीलाई जित दिलाए ।