कुनै समय फोहोर टिप्दै हिड्ने कान्टे, आज विश्व च्याम्पियन !! कान्टेको अविश्वसनीय कहानी !!

चेल्सी मिडफिल्डर एव फ्रान्सका राष्ट्रिय खेलाडी एङ्गोलो कान्टेको फुटबल कहानी निकै अविश्वसनीय रहेको छ ।

१९९८ तिर कान्टे फोहोर उठाउने काम गर्थे । तर २०१३ मा उनले फ्रान्समा तेश्रो डिभिजन फुटबलमा प्रवेश गरेका थिए । २०१४ मा कान्टे दोश्रो डिभिजनबाट खेल्न सुरु गरेका थिए ।

२०१६ पश्चात उनि इंग्लिश प्रिमिएर लिग लेस्टर क्लबबाट खेल सुरु गरे । २०१७ मा कान्टे पुन प्रिमिएर लिग कै क्लब चेल्सीबाट खेल्न सुरु गरेका थिए ।

२०१८ मा फ्रान्सका तर्फबाट कान्टे विश्व च्याम्पियन बने । विश्वकप २०१८ को उपाधिले कान्टेलाई एक सफल खेलाडीको दर्जा दिलाउछ । एक फोहोर टिप्दै हिड्ने केटा अन्तत लामो यात्रा पश्चात एक विश्व च्याम्पियन बन्न सफल भए ।

यति मात्र नभएर उनलाई प्रिमिएर लिगमा एक परिश्रमिक खेलाडीको रुपमा समेत चिनिन्छन भने एक विशिष्ट मिडफिल्डरको रुपमा कान्टेलाई लिइन्छ ।