रियलको फराकिलो जित !

१४ कार्तिक ,काठमाडौँ । रियल म्याड्रिडले लेगानेसमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ ।

खेलको सातौं मिनेटमा युवा फरवार्ड रोड्रीगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेट नबित्दै बेन्जेमाकै पासमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

२४ औ मिनेटमा रियलले पेनाल्टी प्राप्त गरेपछि कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई ३-० ले अगाडि बढाए ।दोस्रो हाफको ६९ औ रियलले पुन: पेनाल्टी अवसर प्राप्त गर्यो ।

यसपटक बेन्जेमाले पेनाल्टीलाई गोलमा परिणत गरे । इन्ज्युरी समयमा लुका जोभिचले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका उनले ड्यानी कार्भाजलको पास सदुपयोग गरेका थिए ।

यस जितसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले १० खेलमा २१ अंक जोडेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको २२ अंक छ ।