अनिष बने लिग लिगे राजा !

१६ असोज ,गोरखा । भारतीय सेनाका अनिष थापामगर लिग लिगे राजा बन्न सफल भएका छन् । पर्वतका थापामगर लिग लिगे दौडमा च्याम्पियन बन्दै एक वर्षका लागि लिग लिगे राजा बन्न सफल भएका हुन् ।

उपाधिसँगै अनिषले ६० हजार १ सय नगद र श्रीपेचसहित, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्राप्त गरे । उनलाई आजै लिग लिगे राजा घोषणा गर्दै लिग लिगको परिक्रमा गराइएको थियो ।

विसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो नै वर्षयता हुँदै आएको छ ।

पर्यटन प्रवर्द्धनसँगै खेल क्षेत्रको विकासका लागि पछिल्लो १० वर्षयता, लिग लिग कोट विकास अभियानले निरन्तर लिगलिगे दौड प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष पूर्ण बहादुर रानाले जानकारी गराए ।