पारस सोनीकासँग नजिकिएपछि हिमानीका लगातार भावुक फेसबुक स्टाटस

केहि समयअघि थाइल्याण्डकी एक युवतीसँगको सम्बन्ध बाहिरिएपछि पारसपत्नी हिमानी शाह दुखि बनेकी थिइन । अहिले पनि पारस सोनीकासँग नजिकिएपछि हिमानीले लगातार फेसबुकमा भावुक स्टाटस लेखेकी छिन ।

हिमानीले अक्टोबर ३० मा आफ्नो फेसबुक फ्यान पेजमा लेखेकी छिन् – ‘मान्छे चाहे जतिसुकै पढेलेखेको , धनी , आकर्षक अनि बुद्धिमान भएपनि यदी उ कुनै नारीको सम्मान गर्दैन भने उसको खुवीको काम छैन !! जय नेपाल’

त्यसपछि उनले मनभरी पिडा भएपनि आफ्नो सन्तानको लागि मुस्कुराउने भगवानलाई आमा भनिन्छ भन्दै छोराछोरीसहितको तस्वीर पोस्ट गरेकी छिन । अलि गम्भीर मुद्रामा खिचिएको तस्वीर पोस्ट गर्दै नोभेम्बर १ मा उनले लेखेकी छैन, – ‘ज़िन्दगीमा के छ भन्दा पनि को छ ?? भन्ने कुराले अर्थ राख्छ !’

त्यस्तै नोभेम्बर २ मा उनले लेखेकी छिन् – ‘तब सम्म कमाउनुस जब सम्म “महङ्गो” चिज “सस्तो” लाग्दैन चाहे त्यो “सामान” होस या “सम्मान” !!’

नोभेम्बर ३ मा अझै सेड मुडमा देखिएको हिमानीले घतलाग्दो स्टाटस लेख्दै भनेकी छिन्- ‘को पो छन र खुसी यहा?? कही कतै अपुरो सपनाले आशू टीलपिल गरेर, मुस्कुराउनै दिदैन !!’

त्यस्तै नोभेम्बर ५ मा उनले अर्क्जो स्टाटस लेख्दै छोडेर जानेहरुलाई झरीजाने रुखको पातको संज्ञा दिएकी छिन । उनले लेखेकी छिन- ‘यदि कोहि तपाईहरुको साथ छोडेर जान्छ !! भने जान दिनुस् किनकी रुखलाई छाडेर जाने पातहरु सधै कुहिएर नै जान्छ !!’

बिहिबार मात्रै पनि उनले लेखेकी छिन – ‘ सुगन्धित फूलमा पनि किरा हुन सक्छ, चट्टानको भित्र पनि हिरा हुन सक्छ, सबैले भन्छन् म धेरै मुस्कुराउछु, तर मुस्कुराउने को ओठमा पनि चिरा हुन सक्छ 💔’ उनको यो मार्मिक स्टाटसलाई धेरैले मन पराएर लाइक गरेका छन् ।

यसअघि बुधबार उनले अर्को स्टाटस लेखेकी छिन ।‘लेख्नेले लेखेको कुरा पढ्नेवालाले, सम्झिदैनन् ” किनकी लेख्नेवाला भावना लेख्छ ” पढ्नेवालाले शब्द पढ्छन् !! जतिसुकै रमाइलो ठाउँ भएनि आफुलाई मन परेको मान्छे त्यहा छैन भने त्यो ठाउँ शुन्य नै लाग्दछ !! जन्म पछि बाँडिने मिठाई देखी सुरु हुन्छ जिन्दगीको यो खेल र श्राद्ध को खिरमा आएर, सकिन्छ यही नै जिन्दगीको मिठास हो !! प्रतिसोध लागी होइन प्रेमका लागी हो जिन्दगी त्यसैले सकारात्मक अनि असल कर्म गर्नु पर्दछ !!’

केही दिनयता पूर्वयुवराज पारस शाह र सोनिकाबीचको एउटा भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । पोखरामा खिचिएको भनिएको भिडियोमा पारस बाइकमा बसेका छन् ।

उनले देशमा कुनै वादी नभएको र आफूलाई राजवादी नभन्न भनेको भिडियोमा सुन्न सकिन्छ । यसो भनिरहँदा पारसको मोटरसाइकलको पछाडि सोनिका आएर बस्छिन् र पासरले बाइक हुइँकाउँछन् । यो भिडियो एकाएक भाइरल भएसँगै सामाजिक सञ्जालमा पारस ट्रोल भइरहेका छन् ।