अपहरणकारीलाई गोलि हानेर बालकको सकुशल उद्धार !

२० कात्तिक, पर्सा । पर्साको वीरगञ्जमा प्रहरीले एकजना अपरहणकारीलाई गोली हानेको छ ।

प्रहरीले अपरहणकारीलाई गोली हानेर नियन्त्रणमा  लिएर अपहरणमा परेका एक बालकको सकुशल उद्धार समेत गरेको छ ।घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हाे ।

प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको हो । गोली दासको दाहिने खुट्टामा लागेको छ ।

एक राउण्ड गोली हानेर अपहरणकारी पक्राउ गरेको पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरले बताए । बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिइने छ  ।

काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको एसपी राठौरले बताए ।

साथै बालकको सकुशल उद्दार गरिएको उनको भनाइ छ ।