भाइरल हुदै पारस-सोनिकाको भिडियो (हेरौ भिडियो)

२७ असोज ,काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा पूर्वयुवराज पारस शाह र यूट्यूवर सोनिका रोकायाको एउटा भिडियो भाइरल बनेको छ ।

१५ सेकेन्डको यो भिडियोमा पारस बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका छन् । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई सबै जना नेपाली भएको बताएका छन् ।

तर, अलि परबाट एक सुन्दरी (सोनिका रोकाया) आउँछिन् र सरासर पारसको मोटरसाइलको पछाडि सिटमा बस्छिन् ।

लगत्तै पारसले आफ्नो बाइक हुइक्याउँछन् । यूट्यूवबाट चर्चामा आएकी उनी पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् ।

योभन्दा अगाडि पनि एउटा नाइट क्लवमा पारस पृष्ठभूमिमा देखिने गरी सोनिकाको केही टिकटक भिडियो आएका थिए ।

भिडियो लिंक

https://www.tiktok.com/@suumaan8?refer=embed