पूर्वमन्त्री अफताब आलम *पक्राउ* !

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलम पक्राउ परेका छन् । २०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आलम पक्राउ परेको जनाएको छ । पक्राउ परेका आलमलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जिम्मा लगाइने रौतहट प्रहरीले जानकारी दिएको छ ।

पहिलो संविधानसभा चुनाव विथोल्ने उद्देश्यले २७ चैत २०६४ मा रौतहटको फरदवा गाउँ (हाल राजपुर नगरपालिकाअन्तर्गत)मा बम विस्फोट गराइएको थियो ।

उक्त विस्फोटमा परेर केही व्यक्तिको मृत्यु भएको थियो । लामो समयदेखि अनुसन्धानकै क्रममा रहेको उक्त घटनाको विषयमा पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको थियो ।