नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बन्न सघाउँछौँ : राष्ट्रपति सी

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपालको ‘भूपरिवेष्ठित मुलुक’ बाट ‘भूजडित’ देश बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनको सम्मानमा शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल र चीनबीच अझ सुविधाजनक कनेक्टिभिटी निर्माण गरिने बताए ।

त्यसक्रममा उनले सीमापारीको रेल सम्भाव्यता अध्ययन सुरु गर्ने  छन् । राष्ट्रपति सी चिनफिङले रसुवागढी-छहरे-काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तारोन्नती गर्ने पनि बताए ।

केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग गर्ने उनले बताए । अरनीको राजमार्ग सञ्चालन गर्ने सुनिश्चित बताउँदै राष्ट्रपति सीले बढीभन्दा बढी नाकाहरु खोल्ने प्रतिबद्धता जनाएका छन् ।

असोज २६ आइतबार २०७६