कृष्णबहादुर महराको नाम संसदको वेबसाइटबाट हटाइयो

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ।

संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको बरोप लगाएपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए। राजीनामा दिएसँगै प्रतिनिधिसभाको वेबसाइटबाट उनकाे नाम हटाइएकाे हो।

वेबसाइटमा सभामुखको ठाउँ खाली राखिएको छ। वेबसाइटको होमपेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक हुन्छ।

मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो।