एनआरएनएको चुनाव स्थगित !

काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान सुरु भएको कहि समयमै स्थागित भएको छ ।

होहल्ला र तानावकाबीच आज साँझ वेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको निर्वाचन स्थागित भएको हो ।

इलोक्टोनिक मतदान सुरु भएको केहि समयमै प्राविधीक समस्या आएको भन्दै पछि भोलि विहान १० बजे सम्मको लागि मतदान स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाएका छन् ।

साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको थियो । मतदाताले ५ घण्टासम्म लाइनमा राखेर भोट हाल्न नदिएको भन्दै २० हजार फिर्ता माग्दै नाराबाजी गरेका थिए ।

आक्रोशित भीडले मतदान स्थाल बहिरको केही टेबल कुर्सी फुटाएका थिए । एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनमा उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।