
२०७६ बुधबार, असोज १
काठमाडौं । नेपालबाट मलेसियामा जाने कामदारको मेडिकल शुल्क बढेको छ ।
अब कामदारले मेडिकल परीक्षण गरेको ७ हजार ६६४ रुपैयाँ तिर्नुपर्नेछ । यसमा स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ सय छ भने मेडिकल प्रोसेसिङ चार्ज २ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
दुईदेशबीच भएको श्रम समझदारी अनुरुप नै मेडिकल शुल्क बढेको हो । मेडिकलको सबै शुल्क भने मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ ।
नेपालस्थित मलेसियन दूतावासले यसमा मेडिकल प्रोसेसिङ चार्जमा १३ प्रतिशत भ्याटबात ३६४ रुपैयाँ थप हुनेछ । यो रकम परीक्षणका क्रममा कामदारले नै तिर्नेछन् ।
उनीहरु मलेसिया पुगेपछि रोजगारदाताले कामदारको पहिलो महिनाको तलव दिँदा भुक्तानी गर्ने समझदारीमा उल्लेख छ ।
सरकारले १५ महिनापछि गत आइतबारबाट मलेसियाको रोजगारी खुला गरेको हो । अहिले मलेसिया जाने कामदारले पुरानै ३६ वटा स्वासथ्य संस्थाबाट मेडिकल गराउन सक्नेछन् ।