मदिरामा लठ्ठिएर अभद्र व्यवहार गरेको आरोपमा एनआरएनए अध्यक्षलाई विमानबाट निकालियो

काठमाडौं, ८ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ ।

अत्याधिक मदिरामा लठ्ठिएर अभद्र व्यवहार गरेकाे आरोपमा (एनआरएन)का अध्यक्ष भवन भट्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका भट्टलाई क्याप्टेनले अत्याधिक मदिरा सेवन गरेका व्यक्तिलाई बोकेर उडान गर्न नसकिने बताएपछि विमानबाटै निकालिएको बताइएको छ ।

मदिरा सेवन गरेर अभद्र व्यवहार गरेको भन्दै उनलाई विमानबाट निकालिएको हो ।

भट्ट आवश्यक सम्पूर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा सिंगापुर उडानको लागि बसिसकेका थिए । उनले विमानका कर्मचारीसहित प्रहरीसँग पनि अभद्र व्यवहार गरेको बताइएको छ ।

-देशसंचार