प्रचण्डको चीन भ्रमण सफल (भिडियोसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  छिमेकी राष्ट्र चीनको भ्रमण सकेर  स्वदेश फर्केका छन्  ।   पूर्व प्रधानमन्त्री प्रचण्डले बुधबार मात्र  चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गरेका थिए  ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरेको बताउनुहुँदै अबको आफूहरुको अविभारा देशको समृद्धि भएको बताएका थिए  । त्य
उपराष्ट्रपति सानले अध्यक्ष प्रचण्डलाई भने“तपाईलाई चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी लागेको बताएको बुझिएको छ  ।  अध्यक्ष प्रचण्डले चीनको च्याङ्सु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसलाई बुधवार सम्बोधन गरेका थिए ।

उक्त समारोहमा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायतको उपस्थिति रहेको थियो