भोलि मन्त्रीपरिषद पुर्नगठन हुदै , यस्तो भयो सहमति

१ मंसिर ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठनको गर्ने निर्णयसँगै भोलि नै मन्त्रिपरिषद् हेरफेर हुने बताइएको छ । मन्त्रिपरिषद्को पुनर्गठनमा कम्तिमा ८ मन्त्री परिवर्तन हुनेछन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनको सैद्धान्तिक सहमति जनाएको हो । त्यसका आधारमा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नेछन् ।

हटाउने र नयाँ मन्त्रीको टुंगो भने अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाउने छन् । अध्यक्षको कार्यविभाजनमा अध्यक्षद्वयबीच सहमति भएकाले आजको बैठकमा छलफल नभएको स्रोतको भनाइ छ ।

भोलि मन्त्रिपरिषद् पुनर्गठनपछि मात्र अध्यक्षको कार्यविभाजन पनि टुंगो लाग्नेछ ।