राष्ट्रिय युवा संघले तोक्यो जिल्ला संयोजक र सह-संयोजक (नामसहित )

२७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको छ ।

राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाको नेताको नाम टुंगो लगाएको हो।

लमजुङ र दैलेखमा भने विवादका कारण संयोजक तोकिएको छैन । दुवै जिल्ला संयोजक साविक युवा संघको भागमा परेका थिए। ती दुई जिल्लाका संयोजक पछि तोकिने जानकारी राष्ट्रिय युवा संघले जनाएको छ ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यसैगरि माओवादी केन्द्रनिकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष लिएको छ। त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ।

राष्ट्रिय युवा संघको काठमाडौं संयोजकमा साविकको वाईसीएलका तर्फबाट शिशिर तामाङ, चितवन संयोजकको जिम्मेवारी साविकको वाईसीएलतर्फकै मोदनाथ न्यौपानेले पाएका छन् ।

ललितपुर संयोजकमा साविकको युवा संघ नेपालका गोविन्द थापा मोरङ संयोजकको जिम्मेवारी साविकको युवा संघ नेपालका नीवन पौडेल, कैलाली संयोजक साविकको युवा संघ नेपालका राजु बम तोकिएका छन् ।

त्यस्तै गोरखा अशोक शर्मा भट्ट , तनहु इश्वर बस्याल, नवलपुर कृष्ण कट्टेल, कास्की भोजराज पौडेल ,पर्बत थाम नारायण पौडेल ,म्याग्दी प्रविन शाही , बाग्लुंग रेशम घर्ति , मुस्तांग रेशम गुरुङलाई संयोजक तोकेको छ ।