भारतको बिरोधमा उत्रेका दर्जनौ बिधार्थी नेता पक्राउ , हेरौ को-को परे पक्राउ

२४ कार्तिक ,काठमाडौं । भारतले नेपालीभूमी आफ्नो नक्सामा समाबेस गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको अनेरास्ववियु (क्रान्तिकारी) का नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव नेतृत्वको नेकपा निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभात भट्टराई, काठमाडौं जिल्ला अध्यक्ष गोबिन्द बिष्ट, छत्र बिक, सुवाष, धनजन, दयाराम, पूर्सणचन्द्र, नबिन बिष्ट लगायत दर्जन बढी नेता कार्यकर्ता रहेका छन् ।

त्यस्तै गोपाल किराती नेतृत्वको माओवादी केन्द्रनिकट क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । सअघि आजै विहान प्रदर्शनको लागि ललितपुरबाट आउँदै गर्दा तीनजनालाई गिरफ्तार गरेको थियो ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा देखाएपछि नेपालभर त्यसको बिरोध भइरहेको छ ।

भारतद्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी , लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समितीले कंचनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ ।