प्रचण्ड भेट्रान राजनेता : चिनियाँ राष्ट्रपति सी

२७ असोज ,काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्रान राजनेताको उपमा दिएर सम्वोधन गरेका छन् ।

चिनको सरकारी मुखपत्र ग्लोवल टाइम्सले लेखेको समाचार अनुसार आइतबार प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरुसँगको भेटमा राष्ट्रपति सीले प्रचण्डलाई त्यस्तो थिए।

राष्ट्रपति सीले प्रचण्ड चिनियाँ जनताको असल र पूरानो नेता भएको उल्लेख गर्दै प्रचण्ड भेट्रान राजनेता भएको बताएको वल टाइम्सले उल्लेख गरेको छ।

तपाईँ नेपालको भेट्रान राजनेता र चिनियाँ जनताको असल र पुरानो साथी हुनुहुन्छ।’ प्रचण्डलाई राष्टपति सीले व्यक्त गरेको भनाई उदृत गर्दै ग्लोवल टाइम्सले समाचार लेखेको छ।

’ पत्रिकाले अगाडी लेखेको छ,–‘चीन र नेपाल हिमाल र नदीबाट जोडिएका छन् तथा ओठ र दाँतजस्तै नजिक रहेका छन्।