नेकपाका अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनपिङ र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

सत्तारुढ नेकपाको सचिवालय सदस्यसँगको सामूहिक भेटपछि प्रचण्डले राष्ट्रपति सीसँग एक्लै भेट गरेका हुन ।‘प्रचण्ड र राष्ट्रपति सी बीच भेट भयो, उहाँहरुबीच आपसी समझदारीका विषयमा छलफल भएको छ’, एक सचिवालय सदस्यले भने।

दुईदिने राजकीय भेटका क्रममा राष्ट्रपति सी शनिबार काठमाडौं आएका हुन्। राष्ट्रपति सीसँग प्रचण्डको यो चौथो भेट हो।

सीसँगको भेटमा अध्यक्ष प्रचण्डले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध, नेकपाको बुहमतको सरकारले लिएका निर्णय तथा नेपाल–चीन सम्बन्ध र क्षेत्रीय राजनीतिबारे आफ्ना धारणा राखेका छन।

यसैगरी विआरआईमा नेपालको सहभागिता, एकचीन नीतिप्रतिको प्रतिवद्धता पनि पुनः जनाएका छन्।